
काठमाडौं– पाँच महिनादेखि रिक्त नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियुक्तिका लागि गठित समितिले तीन नाम सिफारिस गरेको छ ।
समितिले प्रवन्ध निर्देशक पदका लागि टेलिकमको पूर्व प्रवन्ध निर्देशक बुद्धि आचार्य, टेलिकमका कर्मचारी डिल्ली अधिकारी र संगीता नाम सिफारिस गरेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।