
काठमाडौं -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाइडबडी विमान खरिदमा भएको अनियमितता छानबिनका लागि नभई ढाकछोपका लागि आयोग बनाएको आरोप लगाएका छन् ।
नवलपरासीको हुप्सेकोट गाउँपालिकामा समाजवाद अध्ययन केन्द्र भक्तपुरद्वारा आयोजित ह्वीलचेयर वितरण कार्यक्रममा बोल्दै पौडेलले भ्रष्टाचारको संसद्ले छानबिन गरिरहेको अवस्थामा फेरि संसद्लाई चुनौती दिँदै आयोग बनाउनु भनेको भ्रष्टाचार ढाकछोप गर्नुभन्दा अरू केही नभएको बताए ।
उनले सरकार संसद्को अधिकारमाथि धावा बोल्न लागेको बताए । पौडेलले सरकार सुशासन, विकास र सुरक्षा दिन असफल भएको टिप्पणी गरे ।
उनले मुलुकको विकासका लागि कांग्रेसको विकल्प नभएको जिकर समेत गरे ।