२८ असार २०८३, आइतबार

जेब्राक्रसबाट बाटो काटिरहेका ५ जनालाई माइक्रोबसको ठक्कर, १ जनाको मृत्यु

जेब्राक्रसबाट बाटो काटिरहेका ५ जनालाई माइक्रोबसको ठक्कर, १ जनाको मृत्यु

काठमाडौं– काठमाडौंको समाखुसी चोकमा सडक पार गरिरहेका ५ जनालाई एक माइक्रो बसले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । 

थली–कलंकी रुटमा चल्ने बा१ज ९७६६ नम्बरको माइक्रो बसको ठक्करबाट काठमाडौं धुम्बाराही बस्ने सीता दाहालको मृत्यु भएको छ भने लक्ष्मी सापकोट गम्भीर घाइते भएकी छन् । उनलाई ग्रान्डी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेर उपचार भइरहेको प्रहरीले जनाएको छ । 

माइक्रोको ठक्करबाट सरिता अधिकारी, सुशीला अधिकारी र सपना राई घाइते भएका छन् । उनीहरुको सामाखुसीस्थित अल नेपाल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । 

सामाखुसी चोकमा जेब्रा क्रसिङबाटै बाटो काटिरहेका ५ जनालाई तीब्र गतिमा आएको माइक्रो ठक्कर दिएको हो । ठक्कर दिने माइक्रोका चालक र सहचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्