
काठमाडौं - संयुक्त अरब इमिरेट्स यूएईस्थित नेपाली दूतावासले २ सय जना नेपाली कामदारहरूले यूएईमा कारागार जीवन बिताइरहेको जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै दूतावासले यूएईका विभिन्न ८ जेलमा १ सय ८८ जना पुरुष र १२ जना महिला गरी २ सय नेपाली रहेको जनाएको हो ।
जेल परेका अधिकांश नेपालीहरू मद्यपान, लागूऔषध सेवन एवं ओसारपसार, झैझगडा, चोरी, हत्या किर्ते कागजात बनाउने लगायतका अपराधमा आरोपित पाइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यूएईको सारजहाँ सेन्ट्रल जेलमा ११६, दुबई सेन्ट्रल जेलमा २०, अलअथवा सेन्ट्रल जेलमा १२, अजमान र रस अल खेमा सेन्ट्रल जेलमा १८, फुजेरा, उम् अल कुइन र अल एन सेन्ट्रल जेलमा ३४ जना गरी २०० जना नेपालीहरू जेलजीवन बिताइरहेका छन् ।