२८ जेठ २०८३, बिहीबार

डडेल्धुरामा लगातार चौथोपटक आगलागी, आगो लगाएको भन्दै एकजना किशोर पक्राउ

डडेल्धुरामा लगातार चौथोपटक आगलागी, आगो लगाएको भन्दै एकजना किशोर पक्राउ
प्रतिकात्मक तस्बिर

अमरगढी– डडेल्धुरा सदरमुकाम अमरगढीमा आइतबार राति भीषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ मुख्य बजार बागबजारको बगरकोटमा मध्यराति १२ बजे आगलागी हुँदा नौ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

गए रातिसहित चौथो पटक आगलागी भएपछि व्यापारी सशङ्कित भएका छन् । आगो लगाउने एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–५ का मार्केश रावल रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाले आगो लगाएको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए । करीब दुई घण्टापछि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो । सधैंजसो आगलागीका घटना हुनु रहस्यमय भएको स्थानीय व्यापारीको भनाइ छ । उच्च सुरक्षा सतर्कता अपनाउन व्यापारीले माग गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्