२८ जेठ २०८३, बिहीबार

बंगलादेशी प्रधानमन्त्रीलाई ओलीको शुभकामना, सहकार्य गर्ने इच्छा

बंगलादेशी प्रधानमन्त्रीलाई ओलीको शुभकामना, सहकार्य गर्ने इच्छा
फाइल तस्वीर

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले  जनगणतन्त्र बङ्गलादेशको प्रधानमन्त्रीको पदभार पुनः सम्हाल्नुभएकामा त्यहाँकी नेत्री शेख हसिनालाई शुभकामना सन्देश पठाउनुभएको छ । 

प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकालको कामना गर्दै आगामी दिनमा दुई देश र जनताबीचको सम्बन्ध थप सुदृढ तुल्याउनका निमित्त बङ्गलादेशका प्रधानमन्त्रीसँग निकट रूपमा सहकार्य गर्ने आफ्नो इच्छा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

त्यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रा डा एके अब्दुल मोमेनलाई उहाँ बङ्गलादेशको परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकामा साेमबार बधाई सन्देश पठाउनुभएको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्