
काठमाडौँ — सरकारले सोचेअनुसार गर्ने हो भने सिंहदरबारभित्रका मन्त्रालय एकैनासका बन्ने छन् । सबैको बाहिरी रूप एउटै बन्ने छ । २१ वटै मन्त्रालयलाई पुरानो सिंहरदरबारको मूल कला र स्वरूपसँग सुहाउने स्वरूप दिइनेछ ।
सिंहदरबारको पर्खाललाई पनि ‘कलात्मक र सुन्दर’ बनाइने छ भने पर्खालबाहिर झिलिमिली बत्ती बल्नेछ । चारै दिशाका प्रवेशद्वार कलात्मक, ऐतिहासिक र पुरातात्त्विक बनाइनेछ । संघीय प्रशासनिक केन्द्रलाई बुटिक रूप दिने सरकारको सोचाइ अधिकारीहरूले बताएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।