
काठमाडौं– नेपालका ठूला नदी कोसी र गण्डकीमा पानीजहाज सञ्चालन गर्न सरकारले प्रक्रिया अघि बढाएको छ ।
नेपालमा पानी जहाज सञ्चालनसम्बन्धी छलफलका गर्न आगामी फागुन तेस्रो साता भारतीय टोली नेपाल आउन लागेको जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेलबासेले बताए ।
पानीजहाज ऐन, २०२७ अनुसार पानी जहाजसम्बन्धी रजिस्ट्रेसन गर्ने र कार्यालय खोल्नेलगायतका काम अघि बढेको छ भने भारतीय पक्षले गंगा नदीमा डीपीआर तयार गरिरहेको खबर आजको राधजानी दैनिकले आर्थिक पृष्ठमा खबर छापेको छ ।