२५ असार २०८३, बिहीबार

सूचना प्रविधि मेला सकियो, दुई करोडको कारोबार

सूचना प्रविधि मेला सकियो, दुई करोडको कारोबार

विराटनगर– विराटनगरमा ५ दिनदेखि जारी प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक  सोमबारसाँझ सकिएको छ ।  मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्ला आविष्कार प्रदर्शन गर्न सफल भएको आयोजकले जनाएको छ । 

दुई करोड रुपैयाँको कारोबार गर्दै मेला सकिएको मोरङ क्यान इन्फोटेकका अध्यक्ष राजन यादवले  जानकारी दिए ।  विराटनगरस्थित जैन भवनमा आयोजित मेलामा ५० कम्पनीका १ सय १० वटा स्टलहरु राखिएका थिए । मेलामा स्र्माट सिटि, नेपाल आउटसोर्सिङ इन्डस्ट्रीको प्रोफाईल, मार्केटिङ गर्ने वेबसाइट सञ्चालन, इन्टरनेट कनेक्टिभिटी र ब्यान्डविथमा कवलोकनकर्ताको बढी चासो देखिएको अध्यक्ष यादवले बताए । 

मोबाइल र इन्टरनेट पहुँचको कार्यक्रम विद्युतिय कारोबार थालनी क्यासलेस कल्चर, आइसिटी शिक्षा र छात्रवृत्तिले महोत्सवलाई  थप प्रभावकारी बनाएको समेत उनले बताए । नेपाल क्यान इन्फोटेकका  दिपेस पाठक र ठाकुरकुमार श्रेष्ठले अब आउने दिनमा सूचना प्रविधिको पहुँच गाउँगाउ सम्म पुग्ने बताए ।

मेलामा रहेका स्टलमध्ये कृषि समूह र आर्दश प्रफूल समूह उत्कृष्ट घोषित भए । प्रबिधिसम्बन्धी प्रदेशस्तरीय महामेला क्यान इन्फोटेक–२०१९ मा सर्वसाधारण र आइटीसम्बन्धी जिज्ञासुहरुको सहभागिता उत्साहजनक रहेको आयोजक समितिले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्