२५ जेठ २०८३, सोमबार

ब्रेन डेड घोषित गरिएका व्यक्तिलाई लाइफ सपोर्ट झिकेपछि आयो होश

ब्रेन डेड घोषित गरिएका व्यक्तिलाई लाइफ सपोर्ट झिकेपछि आयो होश

काठमाडौं — अमेरिकाको नेब्रास्कामा बस्ने स्कट मार एक महिनाअघि स्ट्रोकपछि बेहोश भएका थिए । अस्पतालमा धेरै दिनसम्म चिकित्सकहरूले उनको मस्तिष्कमा कुनै प्रतिक्रिया नपाएपछि ब्रेन डेड घोषित गरे । 

परिवारलाई स्कट होशमा आउने कुनै आश रहेन । त्यसपछि उनको लाइफ सपोर्ट सिस्टम बन्द गरियो । 

तर अचम्मको कुरा, भोलिपल्ट स्कट होशमा आए । संसारभरि यो घटनालाई चमत्कारका रूपमा हेरिएको छ । 

चिकित्सकहरूले स्कट होशमा नआउने घोषणा गर्दा उनका परिवारका धेरजसो मानिसले आशै मारेका थिए । स्कटकी छोरी प्रेस्टनले भनिन्, ‘बुवा अब कहिले पनि होशमा आउनुहुन्न भन्ने हामीले ठान्यौं । उहाँ सधैं मलाई बच्चाहरूले
अस्पतालको खाटमा पल्टिएको नदेखून् भनिरहनुहुन्थ्यो । त्यसैले चिकित्सकको घोषणापछि हामीले लाइफ सपोर्ट सिस्टम बन्द गरिदिए र अन्तिम संस्कारको तयारी शुरू गरिदियो ।’

तर लाइफ सपोर्ट सिस्टम बन्द भएपछि पनि स्कटको सास चलिरह्यो । प्रेस्टनका अनुसार, भोलिपल्ट बिहान मैले पितालाई सास फेरेको देखें । अनि मैले उहाँलाई बूढी औंला हल्लाउन भनें । उहाँले बिस्तारै औंला हल्लाउनुभयो । प्रेस्टनले
चिकित्सकहरूलाई बोलाएर पितालाई जाँच्न भनिन् ।’

स्कटको उपचार गर्ने चिकित्सकहरूको टीममा रहेका डा रेबेकार रन्जका अनुसार, हामीलाई स्कटको रोग ठीक हुँदैनथियो जस्तो लागेको थियो । अन्त्यमा ब्रेन डेड भएको आशंका रह्यो ।

लाइफ सपोर्ट सिस्टम बन्द भए पनि स्कटले प्रतिक्रिया दिइरहेको थाहा पाएपछि चिकित्सकहरूले केही अन्य परीक्षण गरे । उच्च रक्तचापका कारण उनलाई स्ट्रोक आएको र उनको रोग ठीक हुन सक्ने उनले बताए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्