२१ असार २०८३, आइतबार

दूधसँग झुक्केर पनि नखानुस् यी खानेकुरा

कात्तिक २०, २०७४
दूधसँग झुक्केर पनि नखानुस् यी खानेकुरा
काठमाडौं — राम्रो स्वास्थ्य अनि क्याल्सियमको कमी पूरा गर्नका लागि दूध पिउन आवश्यक हुन्छ । केही मानिस चाहिँ दूधसँगै अरू कुरा पनि खाइदिन्छन् । त्यसो गर्दा स्वास्थ्यलाई हानि पुग्छ । छालामा समस्याका अलावा पेटसम्बन्धी समस्या पनि यसबाट आइलाग्छ ।


१. चनाको दाल

राति दूध र चनाको दाल नखानुस् । यी दुवै कुरा पच्न समय लाग्छ । राति यी दुई खाँदा पेटमा ग्यास भरिने र अपच हुने समस्या आइलाग्छ ।

२. नूनिलो कुरा
दूधसँग नूनिला चिप्स आदि खानेकुरा नखानुस् । यसले छालामा समस्या ल्याउँछ अनि दूधको प्रोटीन पनि शरीरले पाउँदैन ।

३. प्याज
खानामा काँचो प्याज खानुभएको छ भने तत्कालै दूध नपिउनुस् । यसले दाद लगायतका छालाको समस्या आइलाग्छ ।

४. खुर्सानी
खनामा बेस्सरी खुर्सानी हालेर खाइरहनुभएको छ भने दूधबाट बनेको केही पनि कुरा नखानुस् । यसो गर्दा अपच अनि पेट दुख्ने समस्या जन्मिन्छ ।

५. माछा
दूधसँग कहिल्यै पनि माछा खानु हुँदैन । दूधको चिसो प्रकृति हुन्छ भने माछाको तातो । यी दुईटा कुरा मिसमास भ एभने छालामा समस्या आउँछ ।

६. दही
खनामा दही खाँदै हुनुहुन्छ भने तत्कालै दूध नपिउनुहोला । यसले एसिडिटी, ग्यास र अपच गराउँछ ।

७. कागती
अमिलो कुरा र कागती खाएको एक घन्टासम्म दूध नपिउनुस् । पिउनुभएमा पेटको समस्या आइलाग्छ ।

८. केरा
दूधसँग केरा खाँदा रुघा, खोकी र कफ लाग्छ ।

पञ्जाब केसरीबाट

कमेन्ट गर्नुहोस्