
काठमाडौं — विश्व बैंकका अध्यक्ष जिम योङ किमले फेब्रुअरी १ बाट पदत्यागको घोषणा गरेका छन् । उनले सोमवार यससम्बन्धी जानकारी दिएका हुन् ।
किम ६ वर्षभन्दा बढी समयदेखि उक्त पदमा छन् ।
विश्व बैंकको अध्यक्षलाई जहिले पनि अमेरिकाले नै मनोनित गर्छ । अमेरिका यस बहुपक्षीय वित्तीय संगठनको सबभन्दा ठूलो हिस्सेदार हो ।
विश्व बैंककी मुख्य कार्यकारी अधिकारी क्रिस्टालिना जोर्जिवाले फेब्रुअरी १ देखि किमको स्थानमा अन्तरिम अध्यक्षको पदभार सम्हाल्नेछिन् ।
एजेन्सी