०८ असार २०८३, सोमबार

भरतपुर महानगरमा पहिलो पटक न्यायिक समितिको अभ्यास, भयो रिटमाथि सुनुवाइ

भरतपुर महानगरमा पहिलो पटक न्यायिक समितिको अभ्यास, भयो रिटमाथि सुनुवाइ

चितवन – भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले इजलासको न्यायिक अभ्यास सोमबारबाट शुरू गरेको छ । महानगरले पहिलो अभ्यासस्वरूप न्यू खरेल भाँडा पसल तथा गिफ्ट सेन्टरले लक्की ज्वेलर्सविरुद्ध हालेको रिटको सुनुवाइ गरेको छ । सेन्टरले बिना जानकारी पसल बन्द गराइएको भन्दै सञ्चालनको वातावरण तयार गर्न माग गर्दै मुद्दा दर्ता गराएको थियो । 

सेन्टरका सञ्चालक रामप्रसाद सापकोटाले दर्ता गराएको मुद्दाको सुनुवाइ गर्दै इजलासले लक्की ज्वयलर्सको नाममा मुद्दाको किनारा नलागेसम्म पसल सञ्चालन गर्न दिनु र ३० दिनभित्र मेलमिलाप गर्नु भनी अन्तरिम आदेशसमेत जारी गरेको छ । 

महानगर उपप्रमुख पार्वती शाहको संयोजकत्वमा रहेको न्यायिक समितिले पहिलो अभ्यासस्वरूप हेरिएको सो मुद्दामा वादीको तर्फबाट अधिवक्ता भूपेन्द्रजङ्ग थापा र प्रतिवादीको तर्फबाट कमलराज पाठकले बहस गरेका थिए । स्थानीय सरकार सञ्चालन ऐनअनुसार न्यायिक समितिले अभ्यास शुरू गरेको हो । 

सापकोटाले आफूले सम्झौताअनुसार पसल सञ्चालन गर्न नपाएको भन्दै उजुरी दिएका थिए । महानगरले भरतपुर महानगरपालिका न्यायिक समिति (कार्यविधिसम्बन्धी ऐन, २०७५) कार्यन्वयनमा आएसँगै सात वटा मुद्दा दर्ता भएको समितिले जनाएको छ । ऐन गत असारमा पारित भई स्थानीय राजपत्रमा प्रकाशित भएको थियो । समितिमा परेका उजुरी घरबहाल र मानो चामलको विषयमा रहेको कानूनी सल्लाहाकार खगेश्वर अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्