
सन्नी लियोनीको क्रेज पछिल्ला दिनमा बढेको छ ।
उनलाई फिल्म खेल्ने सौभाग्य नमिलेपनि आइटम डान्सको अफर आउने क्रम बढेको छ । शाहरुख खानको रईसमा लैलामा डान्स गरेपछि यस फिल्डमा उनको माग बढेको छ ।
चाढैनै सनी फेरि एक नयाँ आइटम डान्समा देखा पर्ने भएकी छिन् । उनलाई साउथ फिल्म उद्योगबाट आइटम डान्सको अफर आएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।
बलिउडकी यी सुन्दरी चाढै नै निर्देशक प्रवाीण सत्तुको तामिल फिल्म पीएसवी गरुडा बेगामा एक स्पेशल गीतमा देखा पर्दैछिन् । फिल्मको सुटिङ यही महिना सुरु हुने जनाइएको छ ।