०८ साउन २०८३, शुक्रबार

नेपालका ‘नटवरलाल’ : नक्कली नागरिकता बनाएर व्यापारीबाट ४० लाख ठगी

नेपालका ‘नटवरलाल’ : नक्कली नागरिकता बनाएर व्यापारीबाट ४० लाख ठगी

काठमाडौं– एउटा व्यक्तिले ३ वटा फरक–फरक नाममा नागरिकता बनाएर विभिन्न व्यापारीबाट ४० लाख ठगी गरेको घटना सार्वजनिक भएको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–३ फूलबारी घर भएका वासुदेव मैनालीले ३ वटा फरक नाममा नागरिकता बनाएर व्यापारीबाट थोक मूल्यमा विभिन्न प्रकारका सामान उठाएर ठगी गरेका हुन् । 

मैनालीले रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नाममा नागरिकता बनाएर व्यापारीहरुलाई ठगेका हुन् । 

उनले तीनवटा नक्कली नागरिकताका आधारमा विभिन्न बैंकमा खाता खोल्ने र व्यापारीहरुलाई ब्ल्याङ्क चेक दिएर सामान उठाउने गरेका थिए । 

मैनालीले आफू ठूलो होलसेल व्यापारी भएको भन्दै काठमाडौंका होलसेल पसलबाट फ्रिज, टेलिभिजन, जेनेटर, विदेशी रक्सी लगायतका सामग्री उठाउने गरेका थिए । 

उनले फरक फरक ठाउँमा गएर ठूलो मात्रामा सामान उठाउने गरेका थिए । पछि व्यापारीले चेक साँट्न जाँदा उक्त खातामा पैसा नै नभेटिएपछि प्रहरीमा उजुरी दिएका थिए । 

व्यापारीको उजुरीका आधारमा प्रहरीले मैनालीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । उनले विभिन्न व्यापारीबाट ४० लाख रुपैयाँ ठगी गरेको फेला परेको प्रहरलिे जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्