०२ असार २०८३, मंगलबार

गण्डकी प्रदेशमा मन्त्रीले भन्दा पीएले बुझे धेरै भ्रमणभत्ता

पुस २५, २०७५
गण्डकी प्रदेशमा मन्त्रीले भन्दा पीएले बुझे धेरै भ्रमणभत्ता

पोखरा–गण्डकी प्रदेशमा मन्त्रीले भन्दा मन्त्रीका स्वकीय सचिव (पीए) ले दोब्बर भ्रमण भत्ता बुझेका छन् । 

चालू आर्थिक वर्षको पाँच पहिनामा सामाजिक विकासमन्त्री नरेदेवी पुनले सबैभन्दा कम २० हजार भ्रमण बुझ्दा भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतका पिए निर्मल गुरुङले ३६ हजार बुझेका छन् । मन्त्री बस्नेतले ९६ हजार लिएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पाँच महिनामा २ लाख ९२ हजार भ्रमण भत्ता बुझेका छन् । 

पोखराबाट गृहजिल्ला लमजुङ र अन्य जिल्लाको भ्रमणभत्ता वापत यो रकम बुझेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्