काठमाडौं -चिकित्सा शिक्षा विधेयकप्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको विरोधका बीच विधेयक पारित भएको हो ।
चिकित्सा शिक्षा विधेयकका कतिपय बुँदामा डा. गोविन्द केसीले असन्तुष्टि जनाउँदै आएका छन् । विधेयक आफूसँग भएका कतिपय सहमति विपरीत रहेको डा. केसीको आरोप छ ।
विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रतिपक्षका ४ जनाले मत दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।
विपक्षमा गगन थापा, उमाकान्त चौधरी, मानबहादुर विक र नमिता चौधरीले फरक मत राखेका थिए ।