काठमाडौं, २५ फागुन — विश्व नारी दिवसको उपलक्ष्यमा विश्वव्यापी समाचार संस्था एएफपीले संसारका केही देशमा शासन चलाउने सशक्त महिला नेतृको चित्रयुक्त सूची जारी गरेको छ ।
सूचीमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको नाम पनि परेको छ ।
कार्यकारी पदमा नभएपनि राष्ट्रपति भण्डारी देशको सर्वोच्च पदमा आसीन भएकाले उनको नाम परेको हो ।
सूचीमा बेलायती प्रधानमन्त्री टेरिसा मे, नर्वेकी एर्ना सोल्बर्ग, जर्मनीकी चान्सलर अंगेला मर्कल, लाइबेरियाकी एलेन जोनसोन सरलिफ लगायतको नाम छ ।
हेर्नुस् फोटो :
