कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
पुस २७, २०७५
नयाँ दिल्ली – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन बुझ्नका लागि भारत सकारात्मक रहेको बताएका छन् । ईपीजीले गत जुलाइमै आफ्नो प्रतिवेदन तयार गरिसकेपनि भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीले समय नदिँदा प्रतिवेदन बुझाउन सकेको छैन ।
राइसिना डायलगमा भाग लिन भारतको राजधानी नयाँ दिल्लीमा रहेका मन्त्री ज्ञवालीले शुक्रवार बिहान दूतावासमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीको प्रतिवेदन बुझ्न भारत सरकार सकारात्मक रहेको बताएका हुन् ।
मन्त्री ज्ञवालीले बिहीवार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका थिए । स्वराजसँग हिजो भएको भेटवार्तामा समसामयिक विषय र इपीजीको प्रतिवेदन बुझाउने विषयमा समेत कुराकानी भएको थियो ।
स्वराजसँग व्यापार घाटा कम गर्नका लागि नेपाल तर्फबाट हुने चिया, कफी र अदुवाको निर्यात सहज बनाउन कुरा गरेको उनले बताए ।
पढ्नुस् यो पनिः इपीजी प्रतिवेदनबारे भारतीय विदेशमन्त्रीलाई गलत ब्रिफिङ भएछ : परराष्ट्र मन्त्री ज्ञवाली [अन्तर्वार्ता]
ट्रम्प र किम मिल्छन् भने पाकिस्तानमा सार्क किन हुन सक्दैन ?
मन्त्री ज्ञवालीले अध्यक्ष राष्ट्रको हैसियतले सार्क सम्मेलन गर्न नेपाल सरकार सकारात्मक रहेको बताए । उनले निकट भविष्यमै सार्कको सम्मेलन हुने विश्वास व्यक्त गरे । ‘ट्रम्प र किम मिल्छन् भने पाकिस्तानमा सार्क सम्मेलन हुन किन सक्दैन ?’ उनले प्रतिप्रश्न गरे ।
सन् २०१९ मै सार्क सम्मेलन सम्पन्न होला भन्ने पत्रकारको प्रश्नमा मन्त्री ज्ञवालीले भने– ‘मिति नतोकौं, उपयुक्त समयमा हुन्छ ।’
भारतीय नोटमा आश्वस्त हुन चाह्यौं
नेपालले किन भारतीय २ सय ५ सय र २ हजारको नोटमा प्रतिबन्ध लगाएको भन्ने पत्रकारको प्रश्नमा मन्त्री ज्ञवालीले विगतमा जस्तो भविष्यमा नोटबन्दीको समस्या नआओस् भन्ने आश्वस्तताका लागि केही नोटमा प्रतिबन्ध लगाइएको बताए । यस विषयमा दुई देशका केन्द्रीय बैंकहरूबीच छलफल भइरहेकाले छिट्टै निकास निस्कने उनको विश्वास छ ।
सरकारले दुई हप्ता अगाडि केही भारतीय नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमा भारतीय सञ्चार माध्यमका पत्रकारहरूले यस विषयमा चासोपूर्वक प्रश्न सोधेका थिए । ‘भारतमा अर्को वर्षदेखि २ हजारको नोट नछाप्ने भन्ने सुनिएकाले पनि हामी थप आश्वस्त हुन चाहेका हौं,’ उनले भने ।
यसअघि भारतले गरेको नोटबन्दीका क्रममा नेपालमा रहेका भारतीय नोट सटही हुन सकेको छैन ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...