
पोखरा – तनहुँको बन्दीपुरमा ग१ख ४६५८ नम्बरको बसको ठक्करबाट १ किशोरको शुक्रवार मृत्यु भएको छ ।
मृत्यु हुनेमा बन्दीपुर–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेका छन् ।
बन्दीपुरको भित्रि सडकखण्डमा ३१ वर्षीय बलक थापाले चलाएको बस ब्याक गर्ने क्रममा विश्वासलाई ठक्कर दिई घाइते बनाएकोमा घाइतेको उपचारार्थ बन्दीपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बसमा बन्दीपुरमा पिकनिक खान जान लागेका यात्रु थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।