
काठमाडौं– ठगी मुद्दामा दोषी ठहर भएर विगत १ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
भक्तपुरको ठिमी नगरपालिका–१७ कौशलटार घर भएका योगेन्द्रमणि दाहाल ठगी मुद्दामा दोषी ठहर भएको १ वर्षपछि पक्राउ परेका हुन् ।
तत्कालीन ललितपुर उपमहानगरपालिका–३ स्थित नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोक कुमार श्रेष्ठको दाहेरीले नेपाल सरकार बादी रहेको मुद्दामा दाहाल दोषी ठहर भएका थिए ।
ललितपुर जिल्ला अदालतको १८ मंसिर २०७४ को फैसालले दाहाल दोषी ठहर भएका थिए । अदालतले दाहालविरुद्ध १२ करोड ३५ लाख ९६ हजार ५ सय ५ रुपैयाँ बिगोसहितको जरिवाना र २ वर्ष कैदको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका दाहाललाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले शुक्रवार काठमाडौंको बालुवाटारबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ ।