२१ जेठ २०८३, बिहीबार

अछाम र बझाङका जनप्रतिनिधि नै बार्छन् छाउ

अछाम र बझाङका जनप्रतिनिधि नै बार्छन् छाउ

अछाम– मुलुकी अपराध संहिताले महिनावारी भएका बेला गरिने विभेदलाई अपराध मानेको छ । यो कुप्रथा हटाउन लाग्नुपर्ने मुख्य दायित्व बोकेका अछाम र बझाङका महिला जनप्रतिनिधि, अधिकारकर्मी र शिक्षिकाले नै छाउ बार्ने गरेका छन् ।

बझाङबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने आशा विक महिनावारी भएका बेला घरभित्रै बसे पनि भान्सा र धारा छुने छुट छैन । घरभित्र बस्न पनि उनले थुप्रै संघर्ष गर्नुप¥यो । ‘सासूससुराले मान्दै मान्नुभएन, छाउ भएका बेला छोएर घर बिगारी भनी गाली गर्नुभयो,’ उनले भनिन्, ‘निकै सम्झाएपछि आफ्ना कोठामा सुत्नसम्म थालेकी छु।’

स्थानीय तहका महिला जनप्रतिनिधिले विककै जस्तो घरभित्र बस्ने आँटसमेत गर्न सकेका छैनन् । ‘मर्ने बेला भएका बूढाबूढीको चित्त के दुखाउनु जस्तो लाग्छ, त्यही भएर छाउगोठमै बस्ने गरेकी छु,’ बझाङको थलारा गाउँकार्यपालिकाकी सदस्य निर्मला विष्ट भन्छिन्, ‘उहाँहरू (सासूससुरा) को शेषपछि हाम्रो घरमा पनि यो प्रथा रहँदैन ।’ बझाङमा छाउप्रथा हटाउन क्रियाशील महिला अधिकार मञ्चकी अध्यक्ष जयन्ती जोशी छाउ बार्छिन् ।, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्