२५ असार २०८३, बिहीबार

माघे संक्रान्तिमा नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

माघे संक्रान्तिमा नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

काठमाडौं – परापूर्वकालदेखि माघे संक्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यस वर्ष ४७ हल गोरु जुधाइने भएको छ ।

रसुवा–नुवाकोट पर्यटन समाजले शनिवार पत्रकार सम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिएको छ ।

नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको सो अवसरमा पर्यटन समजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजन लगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिए ।

सो अवसरमा पर्यटन व्यवसायी द्वय रामशरण थपलिया र दीपक महतले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथ बाह्य पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब २ सय वर्ष पुरानो मानिन्छ । 

तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौं, धादिङका गरी हजारौंको संख्यामा दर्शकको सहभागिता हुने गर्दछ । 

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा माघे संक्रान्तिमा गोरु जुधाइँदै आएको छ । यस वर्ष ८ हल गोरुको दर्ता भइसकेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङ मात्रै भाँचिएमा पनि बीमाको व्यवस्था गरिएको छ । विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो । 

टोलैपिच्छे गोरु जुधाउने परम्पराले चर्चा पाउन नसकेपछि स्थानीय युवा मिलेर विगत १२ वर्षदेखि गोरु जुधाइलाई एकीकृत बनाएर तारुका–५ स्थित चन्दनीको कटहरबोटको पाटोमा शुरू गरेपछि यसको चर्चा यतिखेर विदेशमा समेत हुने गरेको छ । 

१२ वर्षदेखि यो पर्वलाई मनाउन प्रमुख राजनीतिक दलले चक्रीय प्रणाली अपनाएका छन् । मेला सञ्चनाल गर्ने विषयमा स्थानीयवासीबीच मनमुटाब बढ्दै गएपछि चक्रीय प्रणालीमा मेला शुरु गर्न थालिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्