२४ असार २०८३, बुधबार

राप्रपाको ‘राष्ट्रिय एकता यात्रा’ स्थगित

कात्तिक २०, २०७४
राप्रपाको ‘राष्ट्रिय एकता यात्रा’ स्थगित
काठमाडौँ, २५ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व निर्धारित ‘राष्ट्रिय एकता यात्रा’ अहिलेलाई स्थगन गरेको छ । सोमवार सप्तरीको राजविराजमा संयुक्त मधेसी मोर्चा र सुरक्षाकर्मीकाबीच झडप भई चारजनाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको राप्रपाले जनाएको छ ।

मुलुकमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र चुनावका निम्ति अनुकूल वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेकाले पार्टीले आयोजना गर्न लागेको सो यात्रा स्थगन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

राप्रपाले राष्ट्रियता, सनातन धर्म र आर्थिक समृद्धि तथा विकासको मुद्दामा केन्द्रित रहेर पार्टीले आगामी चैत ८ देखि १२ गतेसम्म गोरखा, काठमाडौँ, झापा र कञ्चनपुरबाट एकै दिन सँगसँगै सो यात्रा गर्न लागेको थियो ।

पार्टीका अध्यक्ष कमल थापा र शीर्षस्थ नेताहरु लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई ती जिल्लामा यात्रा निकाल्ने जिम्मेवारी दिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्