३० जेठ २०८३, शनिबार

समायोजनमा नजाने कर्मचारीलाई हटाउने सरकारको तयारी

समायोजनमा नजाने कर्मचारीलाई हटाउने सरकारको तयारी

विराटनगर– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा नआउने कर्मचारीहरूलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने चेतावनी दिएका छन् । विराटनगरमा शनिबार साँझ पत्रकारसँग कुरागर्दै मन्त्री पण्डितले समायोजनमा नआउने कर्मचारीहरूलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने सरकारले तयारी गरेको बताएका हुन् । 

उनले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई हटाउन आफूहरु बाध्य हुने बताए । मन्त्री पण्डितले कर्मचारी हटाइएपछि खाली हुने दरबन्दी पूर्तिका लागि लोकसेवा आयोगलाई छोटो प्रक्रियाबाट कर्मचारी पदपूर्ति गर्न दिइने जानकारी दिए । 

उनले तीनै तहमा गरेर कुल १ लाख ३८ हजार कर्मचारीहरु आवश्यक रहेको र माघ २ गते पछि समायोजन प्रक्रियालाई प्रशोधन गर्न दुई–तीन दिन लाग्ने जानकारी दिँदै त्यसपछि २१ दिनभित्र सम्बन्धित ठाँउमा नजाने कर्मचारीलाई हटाउने स्पष्ट पारे । 

मंत्री पण्डितले प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गरिएको जानकारी दिँदै प्रदेश लोकसेवा आयोग गठन नभए सम्म संघीय लोकसेवा आयोगबाटै कर्मचारी पदपूर्ति गरिने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्