१३ असार २०८३, शनिबार

रुसका लागि काम गरेको आरोप लागेपछि बम्किए ट्रम्प

रुसका लागि काम गरेको आरोप लागेपछि बम्किए ट्रम्प

काठमाडौं — डोनल्ड ट्रम्पले रुसका लागि गोप्य रूपमा काम गरिरहेको दाबी सार्वजनिक भएपछि त्यसलाई दृढतापूर्वक अस्वीकार गरेका छन् । अनि सीमामा पर्खाल ठड्याउनका लागि लगानी गर्ने विषयमा राष्ट्रिय संकटकालको घोषणा गर्ने धम्की पनि उनले दिएका छन् । 

फक्स न्युजसँगको २० मिनेट लामो लाइभ फोन इन अन्तर्वार्तामा शनिवार राति ट्रम्पले द न्युयोर्क टाइम्समा छापिएको खबर अपमानजनक रहेको बताए । उनले रुसको एजेन्टका रूपमा काम गरिरहेको र त्यसमा एफबीआईले
अनुसन्धान थालेको भनी पत्रिकामा दाबी गरिएको थियो । 

एफबीआईका निर्देशक जेम्स कोभेलाई सन् २०१७ को मे महिनामा ट्रम्पले निकालेपछि यो अनुसन्धान शुरू भएको समाचारमा लेखिएको थियो । ट्रम्पले यो अहिलेसम्म लेखिएकोमध्येकै सबभन्दा अपमानजनक लेख भएको बताए । 

‘तपाईंले लेख पढ्नुभयो भने उनीहरूले केही पनि नपाएको भेट्नुहुन्छ,’ उनले अन्तर्वार्तामा क्रममा भने । 

‘त्यो समाचार ठूलो अपमान हो र द न्युयोर्क टाइम्स पत्रिकाका नाममा कलंक हो । उसले साह्रै नराम्रो कुरा छाप्यो,’ उनले भने ।

अज्ञात स्रोतलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले अनुसन्धान प्रतिजासूसीको एक अंगका रूपमा रहेको र यसले ट्रम्प मस्कोका लागि जानी नजानी काम गरिरहेको र उनले राष्ट्रिय सुरक्षामा खतरा ल्याएको सुनिश्चित गर्न चाहेको छापेको
थियो । अनि ट्रम्पले कोमेलाई बर्खास्त गर्नु न्यायमा अवरोध भए नभएको निश्चत गर्ने पनि अनुसन्धानको उद्देश्य छ । 

एफबीआईको प्रयासलाई पछि सन् २०१६ को निर्वाचनमा रुसको हस्तक्षेपसम्बन्धी विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरले गरिरहेको अनुसन्धानसँगै मिसिएको छ र त्यसक्रममा ट्रम्पको निर्वाचन अभियान र मस्कोबीचको साठगाँठका
विषयमा द न्युयोर्क टाइम्सले लेख्यो । तर प्रतिजासूसी पक्षको अनुसन्धान चलेको नचलेको प्रस्ट नभएको पत्रिकाले छाप्यो । 

राष्ट्रपतिले कोमे झूटो मानिस भएको र रुसी अनुसन्धान नै खतरनाक हावादारी भएको बताए ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्