२२ जेठ २०८३, शुक्रबार

हिन्दू धर्म अपनाएकी महिला तुलसी गाब्बार्डले अमेरिकी राष्ट्रपति चुनाव लड्ने

हिन्दू धर्म अपनाएकी महिला तुलसी गाब्बार्डले अमेरिकी राष्ट्रपति चुनाव लड्ने

काठमाडौं — अमेरिकाको हवाई राज्यकी डेमोक्रेटिक सांसद तुलसी गाब्बार्डले सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा लड्ने भएकी छन् । 

‘मैले चुनाव लड्ने निर्णय लिएकी छु र एक हप्ताभित्र यस विषयमा औपचारिक घोषणा गर्नेछु,’ उनले सीएनएनसँगको अन्तर्वार्तामा शनिवार बताइन् । 

३७ वर्षीया गाब्बार्डले इराक युद्धमा लडेकी छन् । उनी अमेरिकी कंग्रेसमा निर्वाचित हुने पहिलो हिन्दू र पहिलो सामोअन अमेरिकन हुन् । उनको चुनावी अभियानको प्रमुख विषय युद्ध र शान्तिमा केन्द्रित रहने उनले बताइन् । 

गाब्बार्ड डेमोक्रेटिक पार्टीभित्रका केही उदारवादीहरूमाझ लोकप्रिय छिन् तर उनले प्राइमरीमै धेरैजना उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । 

म्यासाचुसेट्सबाट सिनेटर रहेकी एलिजाबेथ वारेनले डिसेम्बर ३१ मा आफूले राष्ट्रपतीय निर्वाचनका लागि खोजी समिति गठन गरेको घोषणा गरेकी थिइन् । डेमोक्रेटिक प्राइमरीमा सिनेटरहरू कमला ह्यारिस, कोरी ब्रूकर र कर्स्टन
गिल्लीब्रान्ड अनि पूर्व उपराष्ट्रपति जो बाइडेन र पूर्वमन्त्री जुलियन क्यास्ट्रो समेत उठ्ने तर्खर गरिरहेका छन् । 

ट्रम्पविरुद्धको उम्मेदवार छान्ने क्रममा डेमोक्रेटहरूले पार्टीको संस्थापन पक्ष र उदारवादी खेमाबीचको तनावको सामना गर्नुपर्नेछ । त्यो तनाव सन् २०१६ मा हिलारी क्लिन्टन र बर्नी स्यान्डर्सबीचको प्राइमरी प्रतिस्पर्धामा समेत देखिएको
थियो । 

गाब्बार्डका पिता सामोआ र युरोपेली पुर्खाका सन्तान हुन् र उनी आफ्नो क्याथोलिक चर्चमा सक्रिय रूपमा प्रवचन दिइरहेका हुन्छन् । तर उनी मन्त्र ध्यान विशेषगरी कीर्तन गर्न पनि खुबै रुचाउँछन् । 

उनकी आमा युरोपेली पुर्खाकी सन्तान हुन् र हिन्दू धर्मको अभ्या गर्छिन् । तुलसीले किशोरावस्थामै हिन्दू धर्म अपनाएकी हुन् । 

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्