२२ जेठ २०८३, शुक्रबार

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कावासोती– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावसोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । 

डण्डाबाट नारायणगढका लागि छुटेको ना४ख ७९२८ नंको बसले ना४९प २२०७ नं. को मोटरसाइकललाई आइतवार बिहान ठक्कर दिँदा रौतहट गोमरिया घर भई हाल कावासोतीमा मिस्त्री काम गर्दै आएका ३५ वर्षीय दमेन्द्र यादवको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका यादवको उपचारका क्रममा कालीगण्डकी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्