१० साउन २०८३, आइतबार

टेलियासोनेराबाट कर असुल्न मन्त्रिपरिषदद्वारा अर्थलाई निर्देशन

कात्तिक २०, २०७४
टेलियासोनेराबाट  कर असुल्न मन्त्रिपरिषदद्वारा  अर्थलाई निर्देशन
काठमाडौं, २५ फागुन – सरकारले एनसेल खरिद बिक्री प्रकरणमा बिक्रेताबाट लाभकर असुल्ने निर्णय गरेको छ ।

स्वीडिस कम्पनी टेलियासोनेराले २०७२ सालमा एनसेलको पूँजीगत लाभकर मलेसियन कम्पनी एक्जिएटालाई बिक्री गरेको थियो । खरिद बिक्री  गर्ने दुबै विदेशी कम्पनी हुन् ।

नेपाल सरकारलाई यी दुई कम्पनीमध्ये कसले लाभकर बुझाउने भन्ने विवाद उत्पन्न भएको थियो ।

त्यसपछि संसदको सार्वजनिक लेखा समितिले २०७३ जेठ १६ र अर्थ समितिले २०७३ जेठ २१ मा विक्रेताबाट लाभकर असुल्न सरकारलाई निर्देशन दिएका थिए ।

सोहि निर्देशन बमोजिम मन्त्रिपरिषदको आज बसेको बैठकले ती दुई संसदीय समितिहरुबाट  आएको  स्पष्ट निर्देशन अनुसार बिक्रेताबाट लाभकर असुल्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

स्वीडेनमा मूख्य कार्यालय रहेको टेलियासोनेराले गत सालको पुसमा आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत शेयर एक खर्ब ४३ अर्ब रुपैयाँमा मलेसियन कम्पनी एक्जियाटालाई बिक्री गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्