०२ असार २०८३, मंगलबार

काठमाडौँमै भयो यस्तो घटना : विवाह गरेको दुई साता नबित्दै बोक्सीको आरोपमा घर निकाला

कात्तिक २०, २०७४
काठमाडौँमै भयो यस्तो घटना : विवाह गरेको दुई साता नबित्दै बोक्सीको आरोपमा घर निकाला
काठमाडौँ, २५ फागुन - फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छिन् ।hinsa

गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम ल्याएको निहुँमा बोक्सीको आरोप लगाई घर निकाला गरेको आरोप छ । भण्डारी सोही नगरपालिकाको वडा नं १५ बेँसीगाउँमा दिनेश केसीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । भण्डारीले आज महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिएको प्रहरी सहायक निरीक्षक शुक्र राईले जानकारी दिए ।

केसी सैनिक जनसम्पर्क निर्देशनालयमा उपसेनानी पदमा कार्यरत छन् । “दुवै पक्षलाई राखी आज वृत्त बौद्धमा छलफल गराइयो, छलफलमा दुवै पक्षले कानुनी प्रक्रियामा अघि बढ्ने सहमति जनाएकाले भण्डारीकी सासु राधिका केसीलाई नियन्त्रणमा लिइएको छ, दिनेश सेनामा कार्यरत भएकाले बोलाएका बेला हाजिर हुने सर्तमा छाडिएको छ”–उनले भने ।

मागी विवाह भएको दुई साता पनि नबित्दै राजधानीमै सेनामा कार्यरत उपसेनानी दर्जाका जिम्मेवार व्यक्तिले श्रीमतीलाई घर निकाला गर्नुलाई गम्भीर रुपमा लिइएको अधिवक्ता प्रदीप थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्