२३ जेठ २०८३, शनिबार

टाढिँदै सरकार–मोर्चा

कात्तिक २०, २०७४
टाढिँदै सरकार–मोर्चा
काठमाडौँ, २६ फागुन- मधेसी मोर्चाले सरकारलाई एक साताको अल्टिमेटम दिँदै स्थानीय चुनावका सबै कार्यक्रम रोक्न माग गरेको छ, आजको कान्तिपुरमा खबर छ ।PM_prachanda meets Morcha leaders
चुनाव स्थगनको घोषणा नगरे ७ दिनपछि सरकारलाई मोर्चाको समर्थन फिर्ता हुने मधेसवादी नेताहरूले बुधबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकल दाहाललाई जानकारी गराएका छन् ।

‘सात दिनको समय दिएर आज पाँचबुँदे पत्र प्रधानमन्त्रीलाई बुझाएका छौं, आजसम्म धेरै आश्वासन सुनियो, अब त्यस्तो हुँदैन,’ तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, ‘तत्काललाई दुईदिने आन्दोलन घोषणा गरेका छौं । बीचमा होली परेको छ । चैत २ गते बैठक गरेर आन्दोलनको घोषणा गर्दैछौं ।’

salt training

कमेन्ट गर्नुहोस्