०१ असार २०८३, सोमबार

लोकमानको मुद्दामा ७ पुसबाट सुनुवाइ

कात्तिक २०, २०७४
लोकमानको मुद्दामा ७ पुसबाट सुनुवाइ

 

काठमाडौँ, १७ मङ्सिर- महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति वैधताबारेको सुनुवाइ अब ७ पुसबाट मात्र हुने भएको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

कार्कीको योग्यतालगायत उनीसँग जोडिएर अदालतमा विचाराधीन विभिन्न सातवटा मुद्दा र उजुरीमा अदालतले आगामी ७ पुसबाट कुनै पक्षले पनि पेसी स्थगित गर्न नपाउने गरी सुनुवाइ गर्ने भएको हो ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको पूर्ण इजलासमा मुद्दाको सुनुवाइ तय भए पनि कार्कीका कानुनव्यवसायीले स्थगित गर्न निवेदन दिएपछि अदालतले आदेश जारी गरेरै अर्को सुनवाइका लागि बाध्यकारी मिति तय गरेको हो । कार्कीका तर्फबाट मुद्दाको प्रतिरक्षा गरिरहेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले स्वास्थ्यको कारण देखाउँदै मुद्दा स्थगित गर्न निवेदन दिएपछि अदालतले एकपटकका लागि सुनुवाइ स्थगित गरिदिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्