.jpg?1489046254174)
कञ्चनपुर, २६ फागुन–कञ्चनपुरको आनन्दबजारस्थित नेपाल—भारत सीमाक्षेत्रमा भारतीय सुरक्षा बल एसएसबीले गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ ।
एसएसबीको गोलीलागि एक जनाको मृत्यु भएको कञ्चनपुर प्रहरीले पुष्टि गरेको छ ।
एसएसबीको गोली लागेर घाइते भएका पुर्नवास नगरपालिका ८ का गोविन्द गौतमको उपचारको क्रममा मृत्यु भएको हो । घाइते गौतमको धनगढीस्थित सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
कल्भर्ट बनाउने विषयमा विवाद हुँदा नेपाली र भारतीय सुरक्षाकर्मीबीच कुटाकुट भएको थियो ।
यो पनि पढ्नुस्भारतीय एसएसबीका जवानद्वारा दशगजामा नेपाली युवा कुटिए