
कंगना तथा करण जोहरबीच विवाद जारी छ ।
करणको भनाइमाथि खनिएकी कंगना एक पटक फेरि मैदानमा उत्रिएकी छिन् ।
यो मामला करण जोहरको शोमा कंगनाको रंगुन को प्रमोशनका लागि कफी विद करण मा पुगेकी कंगनासँग करणको विवाद भएको थियो । कंगनाले करण बलिउडमा भाई भतीजावादमा आएर आफ्नाको मात्र प्रमोशनमा लाग्ने गरेको आरोप लगाएका थिए ।
त्यसपछि करण चुप लागेका थिए । तर पछि लण्डन पुगेका करणले कंगना यदी बलिउडमा यस्तो समस्या देखिएको भने उद्योग छोड्न सक्ने बताएकी थिइन् ।
त्यसपछि कंगनाले एक महिला भएका कारण करणले औला उठाएको बताएकी थिइन् ।
कंगनाले करण एक छोरीको पिता भएको भन्दै छोरीलाई आफू जस्तै बनाउन भनेकी छिन् । यदी करणले आफ्नी छोरी स्वतन्त्र नारीको रुपमा उभिन सक्ने हुन् भन्ने चाहन्छन् भने आफूसँगबाट सिक्न चुनौती दिएकी छिन् ।