०४ असार २०८३, बिहीबार

दाङमा सवारी दुर्घटना हुँदा २४ जना घाइते

दाङमा सवारी दुर्घटना हुँदा २४ जना घाइते

तुलसीपुर – दाङको तुलसीपुर–१२ मा भएको बस दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् । 

तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा१ख ४९४ नम्बरको बस शनिवार दिउँसो दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते तुलसीपुर–६ का आशा विक र तुलसीपुर–११ कि गीता मल्ललाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ ।

अन्य घाइतेको भने अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा २४ जना सवार रहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्