
सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले नेपालमै पहिलोपटक ‘लोकवार्ता विज्ञान’ विषय पढाउन शुरू गरेको छ ।
एमयूले मानविकी तथा समाजशास्त्र संकायअन्तर्गत २ वर्षे स्नातकोत्तर तहमा लोकवार्ता विज्ञान विषयको पढाइ शुरू गरेको हो ।
मानविकी तथा समाजशास्त्र संकायका डीन प्राध्यापक खोपीराम लम्सालले लोकवार्ता विज्ञानको पाठ्यसामग्रीमा मानवीय पक्षसँग सम्बन्धित परम्परा, पुस्ता–प्रवृत्ति, लोककथा, कहानी, लोक नाटक, धर्मसंस्कृति, जातजाति, पहिचान, रहनसहन खानपिनलगायत समेटिएको जानकारी दिए ।
एमएयूको केन्द्रीय क्याम्पसले इच्छुक विद्यार्थीका लागि भर्ना आवेदन मागेको छ ।