
तौलिहवा – शिवराज नगरपालिकाको चन्द्रौटामा प्रहरीले जंगली बँदेलसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ बस्ने शिवप्रसाद चौधरी र वडा नम्बर ४ का सहदेव चौधरी रहेको आज इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
परीक्षणका क्रममा शिवराज नगरपालिका–३ समितिचोकबाट लु३१प ५०९८ नम्बरको मोटरसाइकलमा मृत बँदेल ल्याउँदै गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।
मृत बँदेलसहित नियन्त्रणमा लिएका २ जनालाई आवश्यक कारवाहीका लागि गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटालाई बुझाइएको छ ।
पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख दुर्गाबहादुर कार्कीले बताए ।