०२ असार २०८३, मंगलबार

हिमालयन हाइड्रो एक्पोमा टनेल बोरिङ यन्त्रप्रति धेरैले चासो देखाए

माघ ५, २०७५
हिमालयन हाइड्रो एक्पोमा टनेल बोरिङ यन्त्रप्रति धेरैले चासो देखाए

काठमाडौँ-: यहाँ जारी दोस्रो हिमालयन हाइड्रो एक्पोमा टनेल बोरिङ यन्त्र (टिबिएम) प्रति धेरैले चासो देखाएका छन् । 

परम्परागतरुपमा सुरुङ खन्न विष्फोटक पदार्थको प्रयोग गरिने गरिएकामा पछिल्ला दिनमा सो यन्त्रले नै सुरुङ खन्ने प्रणालीको विकास गरिएको छ । पछिल्लोपटक भेरी बबई डाइभर्सन आयोजनामा टिबिएमको प्रयोग गरिएको छ । एक्पोमा समेत सोही यन्त्रका बारेमा चासो राख्ने बढी रहेका मेला आयोजना स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले जानकारी दिएको छ । 

धेरैले सुरुङ कसरी खनिन्छ र त्यसको प्रक्रिया के हो भनेर जिज्ञासा राखेका थिए । विशेष गरी जलविद्युत्सँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको छ । सुरुङ निर्माण प्रक्रियालाई सहजरुपमा अगाडि बढाउन बहुउपयोगी मानिएको टिबिएमको प्रयोगमा सरकारी तथा निजी क्षेत्रलेसमेत चासो देखाएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिनुभयो । एक्स्पोमा आज मात्रै २८ हजारले अवलोकन गरेका छन् । 

आइतबारसम्म चल्ने एक्स्पोमा जलविद्युत् प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता छ । एक्स्पोमा चीन, भारत, अष्ट्रिया, दक्षिण कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत, बङ्गलादेशलगायत मुलुकका जलविद्युत् क्षेत्रसँग सम्बन्धित कम्पनी सहभागी छन् । 

salt training

कमेन्ट गर्नुहोस्