२३ जेठ २०८३, शनिबार

नवनियुक्त राजदूतहरुलाई तालिम

माघ ६, २०७५
नवनियुक्त राजदूतहरुलाई तालिम

काठमाडौं–विभिन्न मुलुकका लागि नयाँ राजदूत नियुक्ति प्रक्रिया अघि बढेसँगै नवनियुक्त राजदूतहरुलाई तालिम दिइने भएको छ ।

 परराष्ट्र मामिला अध्ययन प्रतिष्ठाले यही माघ दोस्रो सातादेखि नयाँ राजदूतलाई तालिम दिने तयारी गरेको हो ।

पाँचदिने तालिममा परराष्ट्र सेवाका करियर राजदूत र राजनीतिक नियुक्ति दुवै थरी राजदूत सहभागी हुने प्रतिष्ठानले जनाएको छ । आफ्नो कार्यकालमा राजदूतहरुले अपनाउनुपर्ने जिम्मेवारी, कूटनीतिक आचरण, व्यवहार, मर्यादा, नेपालको प्राथमिकताजस्ता पक्षमा केन्द्रित रहेर प्रतिष्ठानले नवनियुक्त राजदूतलाई तालिम प्रदान गर्दै आएको छ । प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्धसरकारी निकाय हो ।

सरकारले इजरायलका लागि डा। अञ्जाल शाक्यलाई राजदूत नियुक्त गरिसकेको छ भने भारतका लागि पूर्वराजदूत एवं पूर्वमन्त्री निलाम्बर आचार्यको नियुक्तिको अन्तिम प्रक्रिया अघि बढेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्