
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता ज्वरो आएका कारण उनलाई ललितपुरको धापासीस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो ।
ज्वरोले ग्रस्त उनको स्वास्थ्यमा सुधार नभएपछि आइतबार अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको डा. युवराज शर्मालगायतको टोलीले उपचार शुरु गरेको छ ।
सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् ।