
बुटवल– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को घरमा अदातलले म्याद टास गरेको छ । रुपन्देही जिल्ला अदालतले विप्लव र पोलिट्ब्यूरो सदस्य वीरजंगको घरमा शनिबार म्याद टास गरेको हो ।
रुपन्देही जिल्ला अदालतले १५ दिन भित्र अदालतमा हाजिर हुन आउनु भन्दै कपिलवस्तुको शिवराज नगरपालिका– ९ मा रहेको महासचिव विप्लव र पोलिट्ब्यूरो सदस्य वीरजंगको घरमा शनिबार दिउँसो दुई बजे म्याद टाँसेको पारिवारिक स्रोतले जनाएको छ ।