०१ असार २०८३, सोमबार

मदन भण्डारीको हत्या लुकेर गरियो, हाम्रो खुलेआम गर्न खोजियोः ओली

कात्तिक २०, २०७४
मदन भण्डारीको हत्या लुकेर गरियो, हाम्रो खुलेआम गर्न खोजियोः ओली
काठमाडौं, २६ फागुन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सप्तरी घटनामा एमाले नेताहरुको हत्या गर्न खोजिएको आरोप लगाएका छन् ।
मेची महाकाली अभियान बारेमा राजधानीमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ओलीले मदन भण्डारीको हत्या लुकेर गरिएको र आफूहरुको हत्या खुलेआम गर्न खोजिएको आरोप लगाएका छन् ।

‘एमाले नेतालाई किन मार्न दिएनौं भनेर अहिले प्रहरी प्रशासनका मान्छेको सरुवा गरिँदैछ,’ उनले भने, ‘एमाले विरुद्ध हतियार लिएर सरकार आएको हो, मान्छे मराउन चाहाने मोर्चा हो ।’ उनले मोर्चाले लाशमाथि राजनीति गर्न खोजेको आरोप लगाएका छन् । चुनाव भयो भने एमालेले जित्छ भनेर सरकार चुनाव रोक्नको लागि भित्र भित्रै लागिपरेको बताएका छन् । ‘यदी प्रधानमन्त्रीले निर्वाचन गर्न सक्नुहुन्न भने छाडिदिनुहोस्,’ उनले भने, ‘सरकारमा जान खोज्नेहरू पनि चुनाव गर्न सक्नुहुन्न भने सरकारमा नजानुस् ।’

मधेसी विरुद्ध आक्रामक रुपमा प्रस्तुत ओलीले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भन्नु नाटक मात्रै भएको दाबी गरे । उनले प्रहरी माथि आक्रमण गर्ने, एमालेका कार्यकर्ताहरुलाई आक्रमण गर्ने, सरकारी कार्यालयहरू तोडफोड गर्ने गतिबिधीहरू उश्रृङखल भएको र यी गतिबिधीका लागि सरकारलेनै सघाएको आरोप लगाए ।

‘एमालेले आफ्नो सुरक्षा आफै गर्नु पर्ने हो भने हामीले जानको छौं,’ उनले भने, ‘तर सरकारले के खोजेको हो, यसमा हामी स्पष्ट हुन चाहान्छौं ।’ एमालेका घरहरू जलिरहेने, आगजनि भइरहने जस्ता आपराधिक क्रियाकलाप भएको समेत उनले बताए । साथै उनले यी गतिबिधीहरु सरकार पक्षबाटै भएको बताए ।

उनले सरकारको ध्यान चुनावमा नभएर अन्यत्रै भएको बताएका छन् । ‘तपाईहरुको ध्यान कहाँ छ हामीलाई थाहा छ,’ उनले भने, ‘फास्ट ट्रयाकमा छ । एयरलाईन्समा छ । ठेक्का पट्टामा छ ।’ तर देश विकासको लागि चाहिँ सरकारमो ध्यान नभएको उनले बताए । अहिले सरकारको अवस्था देखेर आफूलाई लाजनै लागिसकेको उनले बताए । सरकार संबिधान कार्यान्वयन र चुनावमा दिशामा अघि बढ्नुपर्ने उनको जोड छ ।

salt training

कमेन्ट गर्नुहोस्