
सुर्खेत– आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएकी बर्दिया बासगढी नगरपालीका प्रिज्मा थारुलाई सहयोग गरेर ज्यान बचाइदिन परिवारका सदस्यले अपिल गरेका छन् । एसएलएफ नामक दिर्घायू रोगको कारण दुबै मृगौलामा समस्या देखिएपछि थारु चार बर्षदेखि काठमान्डौं शिक्षण अस्पतालमा उपचाररत छिन् ।
बिगत चार बर्षदेखि उपचार गराउँदा भएको पैसा सबै सकिएको हुँदा उपचारमा समस्या भएको उनी दिदी अर्चु चौधरीले बताइन् । सम्पत्तिका नाममा भएको घर जग्गा समेत बहिनीको उपचारमा सकिएको बताउँदै बहिनीको सहयोगका लागि अपिल गरेकी छिन् ।
बहिनीको उपचारमा अहिले सम्म ६० लाख भन्दा धेरै खर्च भईसकेको भन्दै अझै धेरै खर्च लाग्ने भएकाले सहयोग गरिदिन सबैसंग आग्रह गरिन् ।
यस अघि कोहलपुरका विभिन्न अस्पतालमा उपचार गरेपनि सम्भब नभएपछि डाक्टरले काठमान्डौ जान सुझाव दिएका थिए ।
अहिले उनको उपचारमा दैनिक तीनदेखि ४ हजारसम्म खर्च लाग्ने गरेको जानकारी दिइन् । आफूरुलाई काठमाडौमा खान बस्नको समेत समस्या परिरहेको चौधरीले बताइन् ।
चौधरीले भनिन्, ‘सहयोगको लागी विभिन्न निकायसम्म पुग्दा समेतकसैले चासो देखाएनन् । कोही मनकारी भए बहिनीको उपचार गर्न सकिन्थ्यो कि ?’
(सहयोगका लागि एभरेष्ट बैकको खाता नम्बर ०४८००५०१२०७७९ वा मोबाईल ९८६८२७८९५ मा सम्पर्क गरी सहयोग गरिदिन चौधरीले सबैमा अनुरोध गरेकी छिन् )