
नेपालगञ्ज–मुलुकमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागि निर्णायक आन्दोलनको समयमा नेपाल विद्यार्थी संघको विभिन्न स्तरको नेतृत्व गर्नुभएका गंगा कार्की अहिले राजनीतिबाट हराउनु भए पनि गाईपालनमा हाइहाइ हुनुहुन्छ ।
राजनीतिलाई ‘बाइबाइ’ गरी थालिएको गाईपालनले उहाँलाई मनग्ये आम्दानी भएको छ ।
‘‘जनताको भलो र देश विकासभन्दा आफ्नो विकासका लागि नेताहरू केन्द्रित भएपछि राजनीति छाडेँ र गाईपालन थालेँ,’’ कार्कीको भनाइ छ ।
बाँकेको कोहलपुर–३ मैटहवामा कृतिका गाई फर्म स्थापना गरेर सात वर्षदेखि गाईपालन गरिरहनुभएका कार्कीको गोठमा अहिले ५६ वटा गाई छन् । दैनिक डेढ सय लिटर दूध बिक्री गरेर मासिक डेढ लाख रुपियाँभन्दा बढी आय भइरहेको उहाँले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।