३१ जेठ २०८३, आइतबार

मे दिवसमा तातोपानी नाका खोल्ने चिनियाँ तयारी

माघ ७, २०७५
मे दिवसमा तातोपानी नाका खोल्ने चिनियाँ तयारी

सिन्धुपाल्चोक–०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ ।
 चीन सरकारले आगामी मे दिवसका दिन (१८ वैशाख ०७६) औपचारिक रूपमा नाका खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाई तीव्रता दिइरहेको छ । 

भूकम्प र भोटेकोसी बाढीले भत्काएको पुल, सडक र सुक्खा बन्दरगाहको पुनर्निर्माणलाई चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले  तीव्रता दिएको छ ।

 अध्यागमन कार्यालय तातोपानीका प्रतिनिधि तिलक मगरले दिएको जानकारीअनुसार लिपिङ बसपार्कबाहेक अन्यत्र लगभग पुनर्निर्माण सम्पन्न भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्