२२ असार २०८३, सोमबार

एकैदिन ५२ ट्याक्सी चालक कारवाहीमा, ट्वीटर र फेसबुकबाट पनि गुनासो गर्न सकिने

एकैदिन ५२ ट्याक्सी चालक कारवाहीमा, ट्वीटर र फेसबुकबाट पनि गुनासो गर्न सकिने

काठमाडौं– महानगरीय ट्राफिक प्रहरीले ट्याक्सी चालकमाथि कडा निगरानी गरिरहेको जनाएको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारवाहीसमेत गर्ने गरेको छ । 

आइतबार मात्रै ५२ जना ट्याक्सी चालकहरु कारबाहीमा परेका प्रहरीले जनाएको छ । उपत्यकाका बिभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकलाई कारवाही गरिएको हो । प्रहरीले ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा महानगरीय ट्राफिक प्रहरीलाई खबर गर्न अनुरोध समेत गरेको छ । 

महाशाखाको कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ मा फोन गर्न तथा ९८५१२९५१०० मा एस.एम.एस, Facebook page (Metropolitan Traffic Police Division), mobile application (traffic police,nepal) र twitter (valleytraffic)मा समेत सूचना दिन सकिने प्रहरीले जनाएकाे छ।

salt training

कमेन्ट गर्नुहोस्