१८ असार २०८३, बिहीबार

राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षीबीच सवाल जवाफ, कांग्रेस सांसद १५ मिनेट उभिएको उभियै

राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षीबीच सवाल जवाफ, कांग्रेस सांसद १५ मिनेट उभिएको उभियै

काठमाडौं–आफ्ना नेताको नाममा खोलिएका अस्पताल खारेज गर्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार राष्ट्रिय सभाको बैठक अबरुद्ध गरेको छ । 

राष्ट्रिय सभाको सोमवार बसेको बैठकको शुरुमै अध्यक्षसँग समय लिएर नेपाली कांग्रेसकी सचेतक सरित प्रसाईले कम्युनिष्ट सरकारले कांग्रेस नेताको नाममा खोलिएका अस्पतालप्रति पूर्वाग्रह राखेको आरोप लगाइन् । उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताललाई संघ मातहत राख्ने निर्णय नहुँदासम्म सदनको कारवाही अगाडि बढ्न नदिने बताइन् । 

‘सरकार जनता र प्रतिपक्षसंग निहु खोज्छ, प्रतिपक्ष सडकमा जाओस्, भन्ने सरकारको चाहाना हो भने सदन अबरुद्ध गर्न तयार छ’ उनले भनिन्, ‘चरवटा प्रधानमन्त्रीले संविधान ल्याउन नसक्दा सुशील कोइरालाको पालामा संविधान आयो, सुशील कोइरालाको नाममा रहेको अस्पतालको नाम काट्ने हिम्मत कसरी आयो ?’

प्रसाईले कम्युनिष्ट सरकारको दम्भ देखेर नेपाली जनता चकित परेको टिप्पणी गरिन् । प्रसाइँ बोलेपछि सरकारका तर्फबाट जवाफ दिँदै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले ११ वटा अस्पतालाई विकास समिति गठन गर्न प्रस्ताव गरेकोमा ९ वटा मात्र स्वीकृत भएको बताए । 

कोइरालाको नाममा रहेको अस्पताल खारेज गर्ने कुनै निर्णय नभएको भन्दै उनले समय आएपछि छलफल गर्न सकिने बताए । 

स्वास्थ्य राज्यमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै कांगेसका सुरेन्द्र पाण्डेले संघीय सरकार मातहत राख्ने निर्णय नहुन्जेलसम्मको लागि सदनको कारवाही अगाडि बढ्न नदिने बताए । 

‘मन्त्रीजीले भन्नुभयो ११ वटा मध्ये ९ वटाको स्वीकृत भयो, यी दुईवटाको बारेमा किन भएन ? त्यसकोबारेमा निर्णय गर्नु पर्दैन ? 

त्यसपछि कांग्रेस सांसदहरु आफ्नो आसनमा उभिएका थिए । कांग्रेस सांसदहरु उभिएकोप्रति व्यग गर्दै नेकपाका रामनारायण विडारीले कुन व्यबस्था अनुसार उभिएको भनेर प्रश्न गरे । 

त्यसपछि अध्यक्ष गणेश तिमस्लिनाले बैठकको कारवाही अगाडि बढाउनको लागि कांग्रेसलाई बस्न आग्रह गरे । तर कांग्रेस सांसदहरु बसेनन् ।

कांगेस सांसदहरु १५ मिनेट मौन बसेपछि नेकपाकी सांसद विमला राई पौड्यालले कोइरालाको नाम जोडिएको प्रदेश संघमा रहँदा या प्रदेशमा रहदा के फरक पर्छ भनेर प्रश्न गरिन् ।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्