२५ असार २०८३, बिहीबार

कांग्रेस अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, चिकित्सा शिक्षा विधयेक अलपत्र

कांग्रेस अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, चिकित्सा शिक्षा विधयेक अलपत्र

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधि सभाको दोस्रो बैठक पनि स्थगित भएको छ । प्रतिनिधिसभाको सोमवार दिउँसो साढे २ बजे बसेको दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरु उभिएर विरोध जनाएपछि बैठक भोलि दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको हो । 

त्यसअघि बसेको बैठकको शुरुमै सभामुखसँग समय लिएर कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताललाई संघ मातहत राख्नुपर्ने निर्णय नगर्दासम्म संसद बैठक चल्न नदिने बताएका थिए ।

कांग्रेसको विरोध पछि बै७क मध्यान्ह १२ बजेर ५० मिनेटमा १५ मिनेटका लागि स्थगित भएको थियो । १५ मिनेटका लागि स्थगित बैठक दिउँसो साढे २ बजे बसेको थियो । दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची थियो । 

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामका अस्पतालाई केन्द्र मातहत राख्नुपर्ने मागगर्दै कांग्रेसले सोमवार राष्ट्रिय सभाका बैठक अबरुद्ध गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्