०५ असार २०८३, शुक्रबार

३३ किलो सुनकाण्डमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश पनि तानिए

३३ किलो सुनकाण्डमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश पनि तानिए

काठमाडौं– चर्चित ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा प्रतिवादीसँग मिलेमतोको आशंकामा  उच्च अदालत विराटनगरका न्यायाधीश पनि तानिएका छन् । 

सोमबार बसेको न्यायापरिषद्को  बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कूलरत्न  भुर्तेललाई पनि छानबिनका लागि न्यायापरिषद्मा हाजिर गराउने निर्णय गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको निर्देशनमा मुख्य न्यायाधीश डा भुर्तेलमाथि केही पहिलेदेखि गोप्य रुपमा छानबिन थालिएको थियो । 

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र सनमको हत्या प्रकरणमा गलत नियतका साथ न्याय सम्पादन गरेको भन्दै प्रधानन्यायाधीश राणाको निर्देशनमा अन्य ५ जना न्यायाधीशमाथि छानबिन शुरु भइसकेको छ । 

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले पुर्पक्षमा पठाएका अभियुक्तमध्ये केहीलाई उच्च अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको थियो ।

न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहले गलत नियत राखी सुन काण्डका अभियुक्तलाई धरौटी र साधारण तारेखमा रिहा गर्ने आदेश दिएको भन्दै न्याय परिषदमा उजुरी परेको थियो । सोही उजुरीको अनुसन्धानका लागि गत शुक्रबार ५ जनालाई काजमा तानिएको हो । 

परिषद स्रोतका अनुसार सुन काण्डको मुद्दामा जारी आदेशमा मुख्य न्यायाधीश भुर्तेलको भूमिका रहेको भन्दै उजुरी परेको थियो । 
परिषद्  स्रोतका अनुसार भुर्तेलसहित विराटनगर उच्च अदालतका ६ न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी तोकिएको छ। उनलाई वृहद् छानबिन गरी प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ। 
परिषद्ले विराटनगरमा कायममुकायम मुख्य न्यायाधीश तोक्ने गरी हेटौंडा उच्च अदालतका न्‍यायाधीश शिवराज अधिकारीलाई खटाएको छ। 


यस्तै परिषद्ले मुख्य रजिस्ट्रार राजन भट्टराईलाई  पाटन उच्च अदालत सरुवा गर्ने निर्णय पनि गरेको छ ।  

मुख्य न्यायाधीश डा कूलरत्न  भुर्तेलमाथि अनुसन्धान भइरहेकाेबारे लाेकान्तरले प्रकाशित गरेकाे समाचार यस्ताे थियो:

साढे ३३ किलो सुन प्रकरण : विराटनगरका मुख्य न्यायाधीशमाथि पनि गोप्य अनुसन्धान !

salt training

कमेन्ट गर्नुहोस्