०७ असार २०८३, आइतबार

युवतीलाई ‘वलात्कार’ गरेको आरोप लागेका वडाध्यक्षले गरे आत्मसमर्पण

युवतीलाई ‘वलात्कार’ गरेको आरोप लागेका वडाध्यक्षले गरे आत्मसमर्पण

तनहुँ–जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । 

सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी  दिए । 
ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए । 

रेग्मीले गत कात्तिक १६ गते, त्यसअघि र पछि पनि आफूलाई पटक–पटक जबर्जस्ती बलात्कार गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् । रेग्मीलाई पक्राउ पुर्जी दिई आजै जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्